धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका छन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्वकोरुपमा वडा दशैं रहेको पनि सभामुख भण्डारीले बताएका छन् ।

'बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको विभिन्न जातजाति, समुदाय, भाषाभाषी, सम्प्रदाय, भूगोल र धर्माबलम्वीहरुले मनाउदै आएका चाडपर्व तथा सँस्कृतिले विविधतायुक्त विशेषताहरुलाई सम्मान गर्दै हामी नेपालीलाई एकताको सुत्रमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता, अनेकतामा एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ,'सन्देशमा भनिएको छ ।

नेपालीहरुले बर्षभरी मनाउदै आएको दशैं, तिहार, नेपाल सम्वत, छठ, ईद, उद्यौली, उभौली, ल्होसार लगायत विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक, जातिय, सामाजिक तथा भाषिक विविधताबीचको विशिष्ठ एवं मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अझ गाढा बनाउने पनि सन्देशमा उल्लेख छ । सांस्कृतिक निधिहरुको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन प्रेरणा प्राप्त हुने पनि सभामुख भण्डारीले उल्लेख गरेका छन् ।

हाल कोरोना भाइरसको संक्रमणले समाज आक्रान्त भइरहेकोले यो महामारीबाट उन्मुत्ती प्राप्त गर्न नागरिकहरु आफै सचेत भएर पहल र सजगताको महत्वपूर्ण भूमिका रहने पनि सभामुख भण्डारीले उल्लेख गरेका छन् । 'अतः स्वास्थ्य सुरक्षाका संभव उपायहरु अबलम्वन गर्दै अहिले हामी जहाँ छौ त्यही बसी दशैं मनाऔं रमाऔं भन्ने आग्रह गर्दछु,'सन्देशमा भनिएको छ ।

sandesh 1