धरान: प्रदेश १ मा आज ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । थपिएका मध्ये ३५८ जना पुरुष छन् भने १९९ जना महिला छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको २५० जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये विराटनगरमा ९२ पुरुष र ५९ महिला गरि १५१ जना संक्रमण छन् । यस्तै, सुनसरीमा ११८ जना संक्रमित थपिएका छन् । ती मध्ये इटहरीमा ६९ जना, धरान र इनरुवामा ११, ११ जनामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

झापामा १२४ जना संक्रमित थपिएका छन् । ती मध्ये दमकमा ६८, विर्तामोडमा २३ जना छन् । उदयपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ भने धनकुटामा ६ जना, संखुवासभामा ९ जना, इलाममा ८ जना, भोजपुरमा १ जना र अन्य प्रदेशका २८ जना रहेका छन् । प्रदेशभर हालसम्म संक्रमण पुष्टि भएको कुल संख्या १६ हजार ९९० जना रहेको छ । ती मध्ये ७ हजार ९६१ जना डिस्चार्ज भइसकेका छन् भने १५० जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

COVID_Report_2077_07_09