धरान: धरानमा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा गरिएको पछिल्लो पिसिआर परिक्षणको रिपोर्ट अनुसार विभिन्न वडाका १८१ जनालाई संक्रमण पुष्टि भएको हो । गएको बुधबार एन्फा एकेडेमीमा संकलन गरिएको स्वाब र वीपी प्रतिष्ठानमा लिइएको स्वाबको नमुना परिक्षणको रिपोर्ट आइतबार राती आएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार अझै केही स्वाब परिक्षणको रिपोर्ट आउन बाँकी नै छ ।