धरान: नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट कमिसार सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरेको हो । उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ बर्षीय विज्ञान राई पनि पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घिमिरे विप्लव समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कमिसार रहेको खुलेका छ । उनीसँगै पक्राउ परेका राई भने पाटीको साधारण सदस्य रहेको बताइएको छ ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काको कमान्डमा उनीहरुलाई साँझ ७ बजे मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेको एक घरबाट पक्राउ गरिएको थियो । प्रहरीले दुवैको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, दुई प्याकेटमा रहेको ३ किलो जिलेटिन, २ सुतली बम, १ सकेट बम, १ टुकी बम, ३५ वटा इलेक्ट्रिक डेटोनेटर, १८ थान नन इलेक्ट्रिक डेटोनेटर, ६ थान लाइटर, १२ भोल्टको ब्याट्री, ४ बट्टा गन पाउडर र बारुद, पिलास, पेचकस, स्वीच, ३८।१० मिटर सेफ्टी फ्यूजको तार र ९० मिटर बिजुलीको डब्बल तारलगायत वरामद गरेको जनाएको छ ।