धरान: भेडेटारको मौषम कतिबेला खुल्छ, कति बेला कुहिरोले सिरक झैं छोप्छ भन्ने थाहै हुन्न । भेडेटारको यही प्रकृति एवं मौषमको यही बिशेषताले गर्दा नै देश विदेशबाट पर्यटकहरु आकर्षित हुन्छन् ।

प्रायः कुहिरोले छोपिने भेडेटारमा त्यही कुहिरोभित्र चरा झैं उडेर हराउनु अनुभव कस्तो होला ? यस्तो अनुभव गर्ने अवसर अहिले भेडेटार पुग्ने पर्यटकहरुलाई जिपलाइनले जुराइदिएको छ । भेडेटार देवीथान जिपलाईन गत फागुन २४ गते उद्घाटन भएर शुरु भएको थियो । तर, चैत ११ गतेदेखि लकडाउनको कारण बन्द थियो । अहिले पुनः हिजो मंगलबारदेखि जिपलाइन शुरुवात भएको छ ।

jipline6.

स्वास्थ्य प्रोटोकल अपनाएर शुरुवात भएको जिपलाइन गर्न आन्तरिक पर्यटकहरु पहिलो दिन मै भिड लागेको थियो । चाडपर्वलाई मध्यनजर गर्दै प्रालिले २० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । मंगलबार छोरीहरुसहित जिपलाइन गर्न भेडेटार पुगेकी महिला सञ्जाल धरानकी अध्यक्ष चेतना सेरेङले पहिलो पटक अनुभव लिएको र अत्यन्तै रमाइलो भएको प्रतिक्रिया दिइन् । यस्तै, सञ्जालकी पुर्वअध्यक्ष एवं क्लिक धरान मिडिया प्रालिकी अध्यक्ष सविता राई, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास राई, अग्रज पत्रकार जनकऋर्षि चाम्लिङ,पत्रकार भरतराज शर्मा(गोपाल), शिशिर राईलगायतले पनि जिपलाइन अनुभव केही डरसँगै रोमाञ्चक भएको बताए ।

jipline6 1

वर्ल्डवाइड नेपाल ग्रुप प्रालिले करिब ३ करोड लगानीमा जिपलाइन सञ्चालनमा ल्याएको हो । यो जिपलाईन भेडेटारदेखि देवीथानसम्म ६ सय ५० मिटर लामो रहेको छ । जिपलाइनमा ३० देखि ४० सेकेण्डसम्म साहसिक मजा लिन सकिनेछ । यो जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइनको अनुभव लिन सकिन्छ । क्लासिक जिपलाइन अर्थात बसेर गरिने जिपलाइनको १२ सय रुपैयाँ, सुपरम्यान अर्थात घोप्टो सुतेर गरिने जिपलाइनको १५ सय रुपैयाँ र टेण्डम अर्थात कपल जिपलाइनको २ हजार रुपैयाँ पर्छ । पर्यटकहरुका लागि ५ लाख रपैयाँ बराबरको दुर्घटना बिमा समेत रहेको कम्पनीले जनाएको छ ।

jipline jipline1 jipline2 jipline8 jipline9 jipline3 jipline4 jipline12 jipline7 jipline5 jipline10