धरान: उद्घाटन भएको एक महिना पनि नबित्दै लकडाउनको कारण बन्द रहेको धरान ४ भेडेटार-देवीथान जिपलाइन आजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

इन्स्ट्रक्टरहरु काठमाण्डौंबाट भेडेटार आइपुग्ने र दिउँसो करिब एक बजेपछि जिपलाइन सुचारु गरिने सञ्चालक केदार थापाले जानकारी दिए । फागुन २४ गतेदेखि सञ्चालनमा आएको यो जिपलाइन लकडाउन शुरु भएपछि चैत ११ गतेपछि बन्द गरिएको थियो । ‘कोभिडको कारण चैत ११ गतेपछि बन्द थियो । अहिले होटलहरु पनि चल्न थालेकोले सरकारको स्वास्थ्य सुरक्षा प्रोटोकल पालना गर्दै आजदेखि शुरुवात गर्दैछौं,’सञ्चालक थापाले भने,‘इन्स्ट्रक्टरहरु काठमाण्डौंबाट भेडेटार जादैछन्, दिउँसो १ बजेतिर पुगेपछि शुरुवात हुन्छ ।’

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर वल्र्डवाईड ग्रुप प्रालिले भेडेटारमा व्यवसायिक जिपलाइन सञ्चालनमा ल्याएको थियो । तीन करोड बढी लगानी भएको जिपलाइन सञ्चालनको एक महिना पनि नबित्दै कोभिड महामारी र लकडाउनको कारण बन्द भएको थियो । जसले गर्दा लगानीकर्ताहरुलाई ठुलो आर्थिक नोक्सानी भएको छ । ‘भिजिट नेपाल २०२० लाई लक्षित गरेर सञ्चालनमा ल्याएका थियौं, तर लकडाउनले गाह्रो बनायो । स्वदेशी पर्यटकहरु पनि आउन पाएनन्, यस्तो होला भन्ने सोचेकै थिएनौं,’थापाले भने,‘प्रोटोलक पालना गर्दै सञ्चालन गछौं ।’

भिडियो: