धरान: अनेरास्ववियुकी पुर्वकेन्द्रीय सदस्य तथा धरानकी युवा नेतृ इन्द्रकला राई स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित भएकी छिन् ।

उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित गरेका हुन् । मन्त्री ढकालले कार्तिक १६ गते मन्त्रीस्तरीय निर्णय गर्दै राईलाई बोर्ड सदस्यमा मनोनित गरेका हुन् । मन्त्रीस्तरीय निर्णय अनुसार स्वास्थ्य वीमा ऐन २०७४ को दफा १३ को उपदफा (२) (घ) वमोजिम बोर्ड सदस्यमा मनोनित भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार बोर्ड सदस्यको पदावधि ४ बर्षको रहनेछ । बोर्ड सञ्चालन, विकास र विस्तारमा सदस्यहरुको भुमिका रहनेछ ।