धरान: मोडल तथा गायिका सरिता राईको ‘माया गर्छु मन पराउँछु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा गायिका स्वयमको अभिनय रहेको छ भने सबिना लिम्बु र कृष्ण कुमार राईको समेत अभिनय रहेको छ । गीतमा कचोङहाङ राईको शब्द रचना, कृष्ण कुमार राईको संगीत रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन बसन्त वाम्बुले राईले गरेका छन् । शिरकुमार साम्पाङले छायाङकन गरेको म्यूजिक भिडियोको निर्माता हङकङ निवासी कवि क्रान्ति सुब्बा हुन् ।

music1

भिडियोको छायाङकन सुनसरी र मोरङका विभिन्न स्थानमा गरिएको गायिका राईले बताइन् । माया साचो गर्नुपर्छ, साचो माया गर्नेलाई धोका दिनु हुदैन भन्ने सन्देश गीतले दिन खोजिएको उनले बताइन् । म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीकोरुपमा अग्रज कलाकार प्रेम सुब्बा रहेका थिए भने कवि मिना श्रेष्ठ, गायक गंगा वरदानलगायत गीत संगित क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।