धरान:नेपालका कलाकारहरुले विश्व रेकर्ड बनाउन रिले लाइभ आर्ट गरिरहेका छन् । इन्टरनेशलन वाटरकलर सोसाइटी नेपाल शाखाको आयोजनामा जारी १०० घण्टा(हण्ड्रेड आवर्स)रिले लाइभ आर्टमा प्रदेश नं १ बाट दर्जन कलाकारहरु सहभागी छन् ।

प्रदेश १ बाट सहभागीमध्ये धरानका ४ जना कलाकारहरुले गए राती लाइभ आर्ट प्रर्दशन गरेका थिए । उनीहरुले बेलुकी साढे ७ बजेदेखि आज बिहान २ बजेसम्म समय तालिका अनुसार लाइभ आर्ट गरे । योसँगै प्रदेश १ का कलाकारहरुको रिले लाइभ आर्ट डेमोष्ट्रेसन भने सकिएको छ । अन्य प्रदेशका कलाकारहरुले रिले लाइभ आर्टलाई निरन्तरता दिइरहेका छन् ।

भिडियो :

हिजो राती धरान १० मुनाल चोकस्थित कलाकार एवं सोसाइटीका प्रदेश १ संयोजक महेन्द्र राईको आर्ट वर्कसपमा भेला भएर धरानका ४ जना कलाकारहरुले लाइभ आर्ट डेमोष्ट्रेसन गरेका थिए । संयोजक राईसँगै वरिष्ठ कलाकार प्रनोद दत्त, युवा कलाकार बिगेन राई र धिरज राईले रिले लाइभ आर्ट डेमोष्ट्रेसनमा सहभागी भएका थिए । निरन्तर १०० घण्टासम्म रिले लाइभ आर्ट गरेर नयाँ विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना भएको हो । यो अभियानमा नेपालका ७२ जना कलाकारहरु सहभागी छन् ।

यसअघि भारतका कलाकारहरुले निरन्तर ७२ घण्टा रिले डेमोष्ट्रेसन गरेर विश्व रेकर्ड बनाएका छन् । उक्त रेकर्ड तोड्ने गरि नेपालका कलाकारहरु सय घण्टा रिले डेमोष्ट्रेसनमा जुटेका हुन् । सातै प्रदेशका कलाकारहरुले ४ दिन, ४ रात र ४ घण्टा निरन्तर रिले लाइभ आर्ट गरेपछि नयाँ रेकर्ड कायम हुनेछ । रिले लाइभ आर्टमा सहभागी धरानका कलाकारहरुले ऐतिहासिक कार्यक्रममा सहभागी भएर योगदान पुर्याउन पाउदा खुशी लागेको प्रतिक्रिया दिए ।

live-art live-art1 live-art2 live-arts4 live-artss live