धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा. आशिष श्रेष्ठले पनि राजिनामा दिएका छन् ।

सहप्रवक्ताबाट डा.श्रेष्ठले राजिनामा दिएसँगै प्रतिष्ठान प्रवक्ताविहिन भएको छ । यसअघि पनि प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले राजिनामा दिइसकेका छन् । डा.श्रेष्ठले अन्य कुनै कारण नभै आफ्नो व्यक्तिगत कारणले नै राजिनामा दिएको खुलाए । खास केही होइन, मेरो आफ्नै कारणले गर्दा राजिनामा दिएको हुँ, उनले भने, काम राम्रो नै भइरहेको थियो, आफ्नै कारणले राजिनामा दिएको हो ।

डा.श्रेष्ठ सहप्रवक्ताकोरुपमा करिब ६ महिनाअघि नियुक्ती भएका थिए । डा.श्रेष्ठले दिएको राजिनामा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले स्वीकृत गरिसकेका छन् । साथै, आजै प्रवक्ता वा सहप्रवक्तामा नियुक्ती गर्ने तयारी पनि भइरहेको बताइएको छ ।