धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढीरहेकोले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम निषेधाज्ञा लगाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यो अवधिमा देउसी, भैलो खेल्नलाई पनि निषेध गरिएको छ । जसले गर्दा यसपालीको तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । यस्तै, तराईमा धुमधामले मनाइने छठ पर्वलाई पनि यसपाली सार्वजनिकरुपमा नदी, तलाउ तथा पोखरीहरुमा मनाउन प्रशासनले रोक लगाएको छ । ‘समुह समुहमा तिहारमा खेलिने देउसी, भैलो खेल्न पाइदैन,’सहायक प्रजिअ महेश पोखरेलले भने,‘छठ पर्वलाई पनि नदी, तलाउ, पोखरी, नहरतिर भिडभाड गरेर मनाउन पाइदैन ।’
cdo-nised