ताप्लेजुङ: प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम भ्रमणको क्रममा घुन्सा आइपुगेका छन् ।

प्रधानमन्त्री ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा पुगेका हुन् । ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुको साथै सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ । साथै, घुन्सालाई नमुना गाउँ घोषणा गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत पनि घुन्सा पुगेका छन् । घुन्सा पछि प्रधानमन्त्री ओली नेपाल चीन सिमावर्ती क्षेत्र ओलाङचुङगोला अवलोकन गर्न पुग्नेछन् । त्यहाँ उनले सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(बिओपि)को अवलोकन गर्नेछन् । त्यसपछि इलामको जौवारी पनि जाने कार्यक्रम रहेको छ । छ ।