धरान: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई ऋणीको ऋण मिनाहा गरिदिएको छ ।
संस्थाले धरान १७ मा रहेको सखुवागाछी सहारा महिला समुहकी स्वर्गीय सीता कार्की र मोरङ केराबारी ५ मा रहेको सहारा महिला समुहकी स्वर्गीय कुमारी विश्वकर्माको ऋण मिनाहा गरिदिएको हो । कार्कीको गत भदौंमा निधन भएको थियो । उनले संस्थाबाट चलाएको १ लाख ४० हजार ऋण संस्थाले मंगलबार मिनाहा गरिदिएको हो । साथै, उनले पाउने किरिया खर्च तथा अन्य रकम पनि संस्थाले श्रीमान् देवीबहादुर राईलाई हस्तान्तरण गरेको हो ।
यसैगरि, केराबारीकी स्वर्गीय विश्वकर्माको १ लाख ऋण पनि मिनाहा गरेको संस्थाकी धरान शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिइन् । संस्थाले यसअघि पनि ऋणी सदस्य तथा श्रीमान् मृत्यु भएमा किरिया खर्च उपलब्ध गराउदै आएको छ भने ऋण मिना गर्दै आइरहेको छ ।