धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ ।

आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्यालयले ऐतिहासिकता झल्कने मुर्तिहरु स्थापना गरेको हो । उक्त मुर्ति कलाकार धिरज राईले बनाएका हुन् । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार १५ लाख बजेट विनियोजना गरिएको थियो ।

ती मुर्तिहरुलाई फुस्रे चोकस्थित ज्येष्ठ नागरिक विश्रामलयभित्र स्थापना गरिएको छ । उहिल्यै धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो ।


fushre1

फुस्रेको पुरानै साख फर्काउन वडा कार्यालयले पहल थालेको हो । कलात्मक मुर्तिहरुसँगै विभिन्न प्रकारका मौलिक सामग्रीहरु पनि संकलन गरेर राखिएको छ । ती सामग्रीहरुको फुस्रेमा व्यापार हुने गरेको थियो । पहाडी क्षेत्रका मानिसहरु ढाकरमा सामान बोकेर फुस्रे आउथे भने तराईका व्यापारीहरु पनि यहाँ आउने गरेका थिए । 

सभामुख भण्डारीले नयाँ पुस्ताले फुस्रे बजारको महत्व थाह नपाउने गरेको भन्दै ऐतिहासिकता झल्काउने गरि भएको कामको प्रशंसा गरे । उनले पुराना दिनको स्मरण गर्दै केही समयअघिसम्म फुस्रेबाट बसाई सर्न पनि थालेको भन्दै अहिले पर्यटकीयरुपमा अघि बढेको बताए । कुनै बेला फुस्रे बजार रहन्छ कि रहदैन भन्ने चर्चा पनि भएको उल्लेख गर्दै उनले अब फुस्रे पर्यटनको केन्द्र बन्ने बताए ।

fushre7

मेयर तिलक राईले पनि अब फुस्रेको पुरानो गौरव फर्किने बताए । वडाअध्यक्ष नेत्र काफ्लेले वडामा राजनीतिक मदभेद नराखी बसै मिलेर विकास निर्माणमा हातेमालो भइरहेको बताए । उनले चाडै फुस्रेको ऐतिहासिक पुस्तकालय र फुस्रे स्कुललाई पनि पुनर्निमाणमा अघि बढ्ने बताए । ज्येष्ठ नागरिक एवं पुर्वप्रअ कुमारमान श्रेष्ठले फुस्रे पुरानै लयमा फर्किने अपेक्षा गरे । निर्माण समितिका अध्यक्ष गौतम श्रेष्ठले सबैको साथ सहयोगले फुस्रेको ऐतिहासिकता झल्काउन सकिएको बताए । उनका अनुसार चोकमा रहेको विश्रामलयमा धरानको खानेपानीको स्रोत जलाधार क्षेत्रको त्रंmक्रिटले निर्माण गरिएको छ । नवयुग संस्थाका अध्यक्ष महेन्द्र प्रधानले फुस्रे पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको र मानिसहरुको चहलपहल बढेको भन्दै खुशी व्यक्त गरे । उनका अनुसार हिजोआज दैनिक ५, ६ आन्तरिक पर्यटकहरु फुस्रेस्थित वीपी पार्क, रक गार्डेन, फ्लावर ब्रिज क्षेत्रमा घुम्न आइरहेका छन् । सोही कार्यक्रममा वडाका ११ जना ज्येष्ठ नगारिकहरुलाई वडाअध्यक्ष काफ्लेले दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।

fushre3 fushre2 fushre4 fushre5 fushre6 fushre10 fushre9 fushre13 fushre12 fushre8 fushre11