धरान: प्रदेश नं १ सरकारका तीन मन्त्रीले राजिनामा दिएका छन् ।

राजिनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् । उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुले प्रदेश सरकारको जिम्मेवारीमा रहेर काम गर्न असमर्थ रहेको भन्दै राजिनामा दिएका छन् ।

नेकपा विभाजन भएसँगै प्रदेशमा पनि केपी शर्मा ओली समुहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मन्त्रीहरुले राजिनामा दिएका हुन् । राजिनामा दिने मन्त्रीहरु प्रचण्ड माधव समुहका हुन् । मुख्यमन्त्री राईले हिजो साँझ नै आर्थिक महिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदबाट हटाएका थिए । rajinama 1