धरान: प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले किरात समुदायले मनाउने उधौली, नेवार समुदायको योमरी पुन्हि र गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सभामुख भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोतर प्रगतिको कामना गरेका छन् । आफ्नो मौलिक पहिचान तथा अस्तित्व जोगाउन पर्व, भाषा, संस्कार संस्कृति राष्ट्रको अमुल्य सम्पती भएको पनि सभामुख भण्डारीले उल्लेख गरेका छन् । 'विविधता बिचको एकता, सद्भाव र सहिष्णुता बहुजातिय, बहुसँस्कृतिक, बहुभाषिक, बहुधार्मिक हाम्रो मुलुकको विशेषता हो । हाम्रो यहि विशिष्ट विशेषताले हामीलाई एकताको सुत्रमा बाँधेर राखेको छ,'शुभकामना सन्देशमा भनिएको छ ।

सभामुख भण्डारीले पर्वहरु साझा संस्कार सँस्कृतिकोरुपमा विकसित हुदै गरेको र आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्दै आएकोले नेपाली बिचको एकतालाई अझ दिगो बनाउने विश्वास पनि व्यक्त गरेका छन् । साथै, कोरोना महामारीको संक्रमणको जोखिमबाट मुक्त भई नसकेको कारण प्रतिकुल परिस्थीतिमा स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरु अवलम्बन गर्दै पर्व मनाउन पनि आग्रह गरेका छन् ।suvakamana