धरान: धरानको रंगमञ्चलाई जीवन्त राख्न पुनः सक्रिय भएको थियटर साहाराको कार्यसमिति पुर्नगठन गरिएको छ ।
धरान १२ अमान बजारस्थित कार्यालयमा बुधबार बसेको बैठकले साहाराको पुर्नगठन गरिएको हो । समितिको संरक्षकमा अरुण कुमार प्रधान चयन गरिएको छ भने अध्यक्षमा नविन मेन्याङ्बो चयन भएका छन् । यस्तै, चार जना उपाध्यक्षमा सौगात रिजाल, रविन श्रेष्ठ, कैलास कार्की र सन्तोष काफ्ले चयन भएका छन् । समितिको सचिवमा एकराज सुब्बा ( विक्रम ) चयन भएका छन् भने सह सचिवमा राजिब दाहाल, कोषाध्यक्षमा नविन पराजुली छन् ।
यसैगरि, सदस्यहरुमा समिर वराईली, दुर्गा राई (संगम), सानुराजा थेगिम र भिम पाण्डे रहेका छन् । अन्य थप ३ जना सदस्य अध्यक्षलाई मनोनयन गर्ने जिम्मा दिइएको छ । कार्यसमितिको सल्लाहकार सदस्यमा राजेश बिद्रोहीलाई चयन गरिएको छ । नयाँ कार्यसमिति गठन भएलगत्तै बसेको बैठकले चाडै नाट्य कार्यशालाको आयोजना गर्ने निर्णय गरेको थियो । थप ३ जना सदस्य मनोनयन गरेर आगामी फागुन महिनामा २५ बर्ष पुगेको अवसरमा साहारा रजत बर्ष २०७७ कार्यक्रम भव्यरुपमा मनाउने पनि निर्णय गरेको छ । सोही अवसरमा एउटा नाटक पनि मञ्चन गर्ने बैठकले निर्णय गरेको उपाध्यक्ष सन्तोष काफलेले जानकारी दिए ।