विराटनगर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङफेले आगामी वैशाखमा तोकिएको समयमा निर्वाचन हुने बताएकी छिन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि निर्वाचन आयोग, सुरक्षा संयन्त्र र आर्थिक व्यवस्था मिलाएको बताइन् । मन्त्री तुम्बाहाङफेले सरकारलाई जनताको कम गर्नका लागि अवरोध सिर्जना गरिएकोले ताजा जनादेशका लागि जनतासमक्ष जान लागिएको बताउदै संसद विघटन कार्य संवैधानिक रहेको दावी गरिन् ।

उनले संसद पुनस्र्थापना हुने नहुने सम्वन्धमा आफू निर्णायक नभएको प्रष्ट पार्दै यस सम्वन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकोले त्यहीबाट व्याख्या हुने विचार राखिन् । उनले नेपाल कम्यूनिस्ट (नेकपा) पार्टी विभाजन नभई एउटा समूह निस्केर जान लागेको बताउदै अहिले पनि समय रहकोले मिलेर जान सकिने बताइन् । मन्त्री तुम्बाहाङफेले बर्तमान सरकारले धेरै काम गरेको भन्दै जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्व रहेकोमा आवश्यक बजेट बिनियोजन गरेको बताइन् ।