धरान: नवोदित गायिका दिपिका बस्नेतको गीत 'जुनीभरिलाई'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

आज धरान १० स्थित होटल द रेबेल लन्जमा धरानका अग्रज तथा नयाँ संगीतकर्मीहरुको उपस्थितीमा भिडियो सार्वजनिक गरिएको हो । समारोहमा बिशेष अतिथिहरु गायिका बिष्णु चेम्जोङ्ग, गायक गंगा बरदान र डिल्ली फोम्बोले प्रोजेक्टरको बटन थिचेर भिडियो सार्वजनिक गरेका थिए। गायिका बिष्णु चेम्जोङ्ग, गायक गंगा बरदान र डिल्ली फोम्बोले नयाँ प्रतिभाहरु भाइरलको पछि नलागी आफ्नो सृजनामा विश्वास गरि अघि बढ्न आग्रह गरे । उनले यस्ता कार्यक्रमले कलाकारहरुको हौसला बढ्ने बताए।

JUnibhari-Video-Bimochan--(

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिंग , गीतकार तथा ब्लास्ट टाइम्सका सम्पादक गोपाल दाहाल, संगीत संयोजक निर्मल मगर, मिस पुर्वान्चल फर्स्ट रनर अप इक्सा मादेनको आतिथ्य रहेको थियो। रेडमुन ईन्टरटेन्टमेन्टको निर्माणमा बनेको उक्त गीतको रचना रोशन प्रधान र संगीत निकेन राई र संगीत संयोजन सम समीरको रहेको छ भने सो म्युजिक भिडियोमा कलाकारहरु कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ ।

JUnibhari-Video-Bimochan 2

प्रेमिकाले प्रेमीलाई गर्नै माया र भावनात्मक कुराहरुलाई भिडियोमा देखाईएको छ । भिडियोको निर्देशक प्रकाश लिम्बु, छायांकन र सम्पादन एडम लिम्बु, पोस्ट प्रोडक्सन ड्रिम हाई स्टुडियो धरानमा गरिएको छ भने कुमार भटटराई तथा समिना राईको मुख्य भुमिका रहेको छ। सो म्युजिक भिडियो रेडमुन ईन्टरटेन्टमेन्टको युटयुव च्यानबाट पनि हेर्न सकिने गीतकार तथा निर्माता रोशन प्रधानले जानकरी दिएका छन । कार्यक्रमको अन्त्यमा आज जन्मदिन रहेको कार्यक्रमका बिशेष अतिथि तथा गायक डिल्ली फोम्बोको जन्मदिनको सरप्राइज केक समेत काटिएको थियो। गायक फोम्बोले

म्युजिक भिडियो लिंक :