धरान: सञ्जिवनी केन्द्रले दुई दिने फुटसल प्रतियोगिता आयोजना गरेर विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ ।

केन्द्रले पुष २३ र २४ गते धरान १० धर्मपथस्थित धरान फुटसलमा खुला फुटसल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितासँगै आयोजक केन्द्रले विभिन्न ५ वटा सामाजिक कार्य गर्ने पनि घोषणा गरेको थियो । सोही अनुसार केन्द्रले हिजो सोमबार धरान १७ की जानुका बिकको घर निर्माण अभियानको लागि नगद १० हजार रुपैया सहयोग गरेको छ भने आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज)को पत्रकार पुरस्कार अक्षयकोषको लागि पनि थप १० हजार सहयोग गरेको छ । केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले नगद पुरस्कार घर निर्माण अभियन्ता र फोनिज सुनसरीका नेतृत्वकर्ता पत्रकारहरुलाई हस्तान्तरण गरेका थिए ।

futsal4

केन्द्रका अध्यक्ष ताम्राकारका अनुसार यसअघि धर्मपथस्थित सडकमा जेब्रा क्रसिङ बनाइएको थियो भने २ जना अतिविपन्न दुव्र्यसनीलाई पनि निःशुल्क उपचार गरिएको छ । यस्तै, प्रदेश नं १ का घाइते भई उपचाररत बास्केटवल खेलाडी प्रदीप गुरुङलाई पनि नगद १० हजार सहयोग गरेको अध्यक्ष ताम्राकारले जानकारी दिए ।

टाइब्रेकरमा स्वर्णिय भेट्रान विजयी

केन्द्रले आयोजना गरेको संजिवनी फुटसलको समापनसँगै हिजो सोमबार स्वर्णिम भेट्रान र फोटो पत्रकार महासंघ सुनसरी बीच मैत्रीपुर्ण खेल भएको थियो । उक्त खेलमा टाइब्रेकरमा स्वर्णिम भेट्रान २–० ले विजयी भएको थियो । टाइब्रेकरमा स्वर्णिमका सम्पुर्ण ताम्राकार र तीर्थराज आले मगरले गोल गरेका थिए भने फोटो पत्रकारको टिमका धिरेन लिम्बु र भोजराज श्रेष्ठ गोल गर्न असफल भएका थिए ।

futsal 1

निर्धारित समयको खेलमा दुवै टिमबाट ११–११ बराबरी गोल गरेको थियो । निर्धारित खेलमा स्वर्णिमका खेलाडी तीर्थराज मगरले ३, योगेन राईले २, विवेक राईले ३, सम्पुर्ण ताम्राकारले २ र लोकेन राईले १ गोल गरेका थिए भने पत्रकारको टिमबाट विकास राई र धिरेन लिम्बुले समान ४ गोल, भोजराज श्रेष्ठले २ गोल गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । आयोजक सञ्जिवनी केन्द्रले मैत्रीपुर्ण खेलका विजेता र उपविजेता दुवै टिमलाई ३-३ वटा भाले पुरस्कार दिएको थियो ।

futsal1 - Copy futsal5 - Copy futsal2 - Copy futsal3 - Copy