धरान: एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'ले माघ १ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।

नायक श्रेष्ठको फिल्मलाई साथ दिदै लायन्स क्लब अफ धरान, पन्चकन्या र लायन्स क्लब अफ, धरान जुम्बाले धरानको गोर्खा सिने प्लेक्समा एउटा स्पेशल शो आयोजना गरेको छ । साँझ ५ः३० बजेको स्पेशल शोमा स्वयम् नायक श्रेष्ठको समेत बिशेष उपस्थिति रहने स्थानीय आयोजक लायन्स क्लब अफ धरान पन्चकन्याले जनाएको छ। चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मन देशराज, मिथिला शर्मा, राजाराम पौडेल, बसुन्धरा भुषाल, बिष्णु चेम्जोङ्ग, रेखा फागो, सन्जोग कोइराला, प्रभु श्रेष्ठसंगै नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पहिलोपल्ट सिनेमाको पर्दामा यसै फिल्म मार्फत डेब्यु गर्दैछन्।

त्यस्तै चलचित्रकर्मी महासंघ प्रदेश न। १ का अध्यक्ष अरुण कुमार प्रधानले समेत नायक शिव श्रेष्ठसंगै शुक्रबार इटहरी र धरानका दर्शकहरु बीच फिल्म हेर्ने व्यवस्था मिलाउने बताएका छन्। एउटा यस्तो प्रेम कहानीको ट्रेलर समेत भर्खरै सार्वजनिक गरिएको छ। विषम परिस्थितिमा हलमा फिल्म चलाउने घोषणा गरेपछि हलहरुले ७० प्रतिशत सेयर दिने घोषणा गरिसकेको छ।
ट्रेलर लिंक: