धरान: धरानमा हिजोभन्दा झन् चिसो बढेको छ । धरान ८ तीनकुनेस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार हिजोको तुलनामा धरानको न्युनतम तापक्रम झन् घटेको छ ।

कार्यालयका सहायक मौसमविद् अखिलेश चौरसियाका अनुसार धरानको आजको न्युनतम तापक्रम ११.८ डिग्रिसेल्सियस रहेको छ । हिजो मंगलबार भने धरानको न्युनतम तापक्रम १४.४ डिग्रिसेल्सिियस रहेको थियो । ‘धरानमा यो बर्षकै सबैभन्दा चिसो आज नै छ,’सहायक मौसमविद् चौरसियाले भने,‘२०६८,०६९ तिर पनि यस्तै हुस्सु थियो, तर त्यो बेला आज लाग्ने, भोली खुल्ने, फेरि लाग्ने गथ्र्यो । यो बर्षको जस्तो निरन्तर हुस्सु लाग्ने गरेको थिएन ।’

मौसमविद चौरसियाका अनुसार धरानमा हावाको गति पनि ज्यादै कम छ । यसले धरानमा देखिएको अहिलेको हुस्सु हटाउन नसक्ने पनि उनले बताए । ‘धरानको हावाको गति ०.५ मिटर प्रतिसेकेण्ड मात्र छ, यो एकदमै कम हो । यसले हुस्सु हटाउन सक्दैन,’उनले भने,‘हुस्सु हटाउनको लागि ५ देखि १० मिटर प्रतिसेकेण्ड गति हुनुपर्छ, र घाम लाग्नुपर्छ ।’

प्रदेश नं १ मा भोली पनि आजको तस्तै मौसम रहने अनुमान छ । तराईको भुभागमा शुक्रबार मात्र मौसम सफा रहने पुर्वानुमान महाशाखाले जनाएको छ । तर पहाडी भुभागमा भने अंशिक वदली हुने सम्भावना छ । ‘हुस्सु र कुहिरोलाई सुर्यको ताप र प्रकाशले मात्र हटाउन सक्छ, नत्र प्रायः छिटो हट्न सक्दैन,’चौरसियाले भने ।hussu