धरान: कोरोना महामारी र लकडाउनको कारण लामो समय बन्द भएका फिल्म हल सञ्चालनमा आएसँगै बिहिबार धरानमा पनि नेपाली चलचित्र एउटा यस्तो प्रेम कहानीको च्यारिटी शो भएको छ ।

लायन्स क्लब जुम्बा र लायन्स क्लब पञ्चकन्याको आयोजनामा गोर्खा सिनेप्लेक्समा बिहिबार च्यारिटी शो भएको हो । च्यारिटी शोको लागि अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु धरान आएका थिए । अभिनेता श्रेष्ठसँगै कलाकारहरु विष्णु चेम्जोङ, रेखा फागो, प्रभु श्रेष्ठलगायत पनि च्यारिटी शोमा सहभागी थिए । कार्यक्रममा अभिनेता श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । च्यारिटीको संयोजक युवा समाजसेवी सम्राट श्रेष्ठले गरेका थिए । कार्यक्रममा लायन धिरज गुरुङ, रेखा गुरुङको पनि उपस्थिति रहेको थियो ।

IMG_2031.psd

 

शुक्रबार पनि चलचित्रकर्मी संघ प्रदेश नं १ को आयोजनामा फिल्म प्रर्दशन भएको थियो । उक्त अवसरमा अभिनेता श्रेष्ठसहित कलकारहरुलाई स्वागत सम्मान गरिएको थियो । बगरकोटस्थित वावु लाञ्उज एण्ड बारले अभिनेता श्रेष्ठलाई सम्मान गरेको थियो । अभिनेता श्रेष्ठले नेपाली चलचित्रलाई माया गर्न र प्रोत्साहन गर्न आह्वान गरेका थिए ।

IMG_1919.psd IMG_1881.psd IMG_1933.psd

IMG_2037.psd