धरान: प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशन शुरु भएलगत्तै स्थगित भएको छ ।

आज दिउँसो २ बजे शुरु भएको वैठकमा सभामुख प्रदिप भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वैठक आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि केही दिनको लागि स्थगित भएको जानकारी गराएका थिए । प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो वैठक प्रदेश प्रमुख अधिकारीले पुष १२ गते पठाएको पत्र सभामुख भण्डारीले पढेर सुनाएका थिए ।

पत्र पढीसके लगत्तै सभामुख भण्डारीले अर्को सुचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरु बीचमा सहमति भएअनुसार नै सभामुख भण्डारीले अधिवेशनको पहिलो बैठक स्थगित गरेका हुन् । उक्त कार्यव्यवस्था परामर्श समितिमा नै दलका नेताहरुलाई बोल्न नदिने सहमति भएको थियो । ‘कार्यव्यवस्था परामर्श समितिमा सहमति भएर नै बैठक अर्को सुचना नभएसम्मको लागि स्थगित भएको हो,’नेकपाका उपनेता टंक आङबुहाङले भने ।

pradesh-sava3 pradesh-sava5 pradesh-sava6pradesh-sava pradesh-sava4