धरान: धरान उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार पारस राई नियुक्त भएका छन् ।

उनलाई मेयर तिलक राईले सल्लाहकारमा नियुक्ती गरेका हुन् । प्रेस सल्लाहकारमा नियुक्ती भएको पत्र आफु पाएको पत्रकार राईले बताए । उनले भोलीदेखि काम शुरुवात गर्ने पनि बताए । ‘प्रेस सल्लाहकारमा नियुक्तीको पत्र पाएको छुँ, भोलीदेखि काम थाल्नेछुँ,’पत्रकार राईले भने । पत्रकार राईलाई पुुष २९ गतेको नगरप्रमुख स्तरीय निर्णयबाट माघ १ गतेदेखि लागु हुने गरि सल्लाहकारमा नियुक्ती गरेका हुन् । उपमहानगरले नियुक्ती सम्बन्धी माघ ७ गतेको मितिमा पठाएको पत्र उनले आज पाएका हुन् । 

सल्लाहकारमा नियुक्ती भएका पत्रकार राईले उपमहानगरपालिकाको गतिविधिहरुलाई आफु आवद्ध र विभिन्न सञ्चारमाध्यमहरुमार्फत बाहिर ल्याउन भुमिका खेल्ने बताए । साथै, व्यवसायिक पत्रकारिताको विकासको लागि पत्रकार र पत्रकार महासंघसँग उपमहानगरपालिकाको सहकार्यलाई अझ प्रगाढ बनाउन भुमिका रहने उनले बताए । ‘पत्रकारिताको आचारसंहिताको मर्यादामा रहेर पत्रकारहरुको हितमा, पत्रकार महासंघसँगको सहकार्यलाई अझ प्रगाढ बनाउन, आवश्यक नीतिहरु तर्जुमामा मेरो भुमिका रहनेछ,’उनले भने । पत्रकार राई हाल धरानबाट प्रसारण हुने विजयपुर एफएममा समाचार सम्पादककोरुपमा कार्यरत छन् । उनी विगत ५ बर्षदेखि रेडियो पत्रकारितामा छन् । पत्रकार राई हाल स्नातक तह दोस्रो बर्षमा अध्ययनरत छन् ।