धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ ।

प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई खोप लगाएर शुभारम्भ गरिएको थियो । उपकुलपति डा.गिरीले आजको दिन प्रतिष्ठानको लागि ऐतिहासिक भएको बताए । कोरोना उपचारमा अग्रपंक्तिमा खटिनेहरुलाई लगाइने उनले बताए ।

khop-dhrn8

खोप लगाएपछि चारै जना पदाधिकारीहरुले प्रतिक्रिया दिदै नडराइकन खोप लगाउन आग्रह गरेका छन् । रेक्टर डा.खनालले प्रमुख व्यक्तिहरुले खोप लगाएको र लगाइसके पछि पनि कुनै समस्या नदेखिएकोले नडराइ खोप लगाउन आग्रह गरे । खोप लगाउन सुरक्षित छ भनेर सन्देश दिन चारै जनाले लगाएको रजिष्ट्रार डा.रेग्मीले बताए । अस्पताल निर्देशक डा.साहले सय बेड अस्पतालमा काम गर्ने सबैले पाउने बताए । खोप सुरक्षित, प्रभावकारी भएको र कोरोनाविरुद्ध लड्ने क्षमता दिने उनले बताए ।

khop-dhrn

प्रतिष्ठानमा १५० भाइल खोप आइपुगेको छ । उक्त खोप १३ सयदेखि १४ सयलाई पुग्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा कुल २५ सयले खोप लगाउने अनुमान छ । पहिलो चरणणमा कोभिड उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स तथा शव वहान चालकहरुलाई दिइनेछ ।
प्रतिष्ठानको पेइङ वार्ड २ मा खोप लगाउनको लागि व्यवस्थापन गरिएको छ । त्यहाँ खोप लगाएपछि ३० मिनेटसम्म रहने र उपचारको व्यवस्था गरिएको छ । खोप लगाएपछि केही जटिलता आउन सक्छ कि भनेर यस्तो व्यवस्था गरिएको सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए ।

विजयपुर हस्पिटलमा पनि शुरु

khop-dhrn12

धरान १० विजयपुर हस्पिटलमा पनि कोरोनाविरुद्धको खोप कार्यक्रम शुरुवात भएको छ । यहाँ धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले पहिलो खोप लगाएका थिए । यहाँ ३० भाइल खोप आएको छ । यसले ३०० जनालाई पुग्ने अपेक्षा छ । विजयपुर हस्पिटलका स्वास्थ्यकर्मी, उपमहानगरका स्वास्थ्यकर्मी, सफाईकर्मी, सरसरफाईकर्मी, एम्बुलेन्स चालकलगायतलाई खोप दिइने मेहताले जानकारी दिए । उनका अनुसार चार हप्तापछि पुनः दोस्रो डोज लिए पछि खोप पुरा हुनेछ ।

khop-dhrn2 khop-dhrn10 khop-dhrn9 khop-dhrn4 khop-dhrn11 khop-dhrn14 khop-dhrn3 khop-dhrn6 khop-dhrn15