काठमाण्डौं: प्रतिनिधिसभा विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समुहको आन्दोलन अन्तर्गत आज जारी माइतीघरको धर्नामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

प्रचण्ड–माधव समुहले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको एक साता लामो धर्नामा आज प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका हुन्। धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायत नेताहरु पनि छन् । यस्तै, धर्नामा विघटन भएको संसदका सदस्यहरु, राष्ट्रिय सभा, प्रदेश सभा र संविधान सभाका सदस्यहरू पनि सहभागी छन् ।