धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् ।

विभिन्न ३ बुँदे माग अघि सार्दै प्रतिष्ठानका चिकित्सक शिक्षकहरु आन्दोलित भएका हुन् । आज ८ बजेदेखि ९ बजेसम्म उपकुलपति कार्यालयअघि धर्ना कार्यक्रम राखेका छन् भने शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी गर्ने चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले जनाएको छ । यस्तै माघ २६ गते सोमबार उपकुलपतिको कार्यालय अघि धर्ना र उपकुलपति कार्यालयमा पनि तालाबन्दी गर्ने समाजले घोषणा गर्ने जनाएको छ ।

यसबीचमा पनि समाधानको लागि कुनै पहल नगरे सम्पुर्ण अतिरिक्त जिम्मेवारीबाट राजिनामा दिने, इर्मजेन्सीबाहेकको कुनै पनि कार्यक्रममा सहभागी नहुने, सामुहिक राजिनामा दिनेलगायत आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरिने समाजले घोषणा गरेको छ । समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एसपी रिमालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बढुवा नहुँदा फ्याकल्टीहरुमा ठुलो आर्थिक नोक्सानी र निराशा भोगीरहेको भन्दै समाजले तुरुन्त प्रमोशन गर्न माग गरेको छ । सरकारले उपलब्ध गराइसकेको जोखिम भत्ता तत्काल उपलब्ध गराउन, शिक्षकहरुलाई दिइने तालिम नियमित गराउन, फोहोर मैलाको उचित वैज्ञानिक व्यवस्थापन गर्नलगायत माग राखेका छन् ।faculty