धरान: काठमाण्डौमा आायोजना हुन लागेको अन्डर २३ बास्केटवल प्रतियोगितामा धरानको प्रतिनिधित्व गर्दै सहभागी हुने वास्केटवल खेलाडीहरुलाई बुधबार विदाई गरिएको छ ।

धरान १२ स्थित हिमालयन मेघा कलेजको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि धरान बास्केटवल संघ र कलेजले संयुक्तरुपमा खेलाडीहरुको विदाई गरेको हो । उनीहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी र मेघा कलेजका बिबिएस कोअर्डिनेटर चन्द्र वनेमले खदा र टिका लगाएर विदाई गरेका थिए । धरानको प्रतिनिधित्व गर्दै धरानबाट व्रदस वास्केटवल टिमले सहभागिता जनाउनेछ ।

क्वेस्ट इन्टरनेसनल कलेज काठमाण्डौको आयोजनामा फागुन २ गतेदेखि प्रतियोगिता शुरु हुन लागेको छ । प्रतियोगितामा धरानको व्रदस टिमबाट सुजन राईको कप्तानीमा आसिस लिम्वु, कविन मगर, विसालहाङ राई, मौसम राई, जोमन राई, सर्वधन राई, सुसन श्रेष्ठ, अभिमान राई, सन्तोष राई र सुसन राजवंशीले सहभागिता जनाउने छ । धरान व्रदस टिम विहिवारको दिन काठमाण्डौ प्रस्थान गर्ने टिम कप्तान सुजन राईले जनाए ।

विदाई कार्यक्रममा चियापान संगै कलेजले वाटोमा खेलाडीहरुलाई खाजाको लागि नगद तीन हजार रुपैया पनि प्रदान गरिएको थियो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदि र कलेजका विविएस संयोजक चन्द्र वनेमले खेलाडिहरुलाई जितको सुभकामना दिएका थिए । कार्यक्रममा हिमालयन मेघा केलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, फाउण्डर मेम्वर जिवन न्यौपाने, दिपेन्द्र यादव, पत्रकार देवेन्द्र कार्की, कलेजका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।