धरान: मेयर तिलक राईले स्वर्गीय कवि विमल गुरुङलाई सम्झदै गुरुङको ‘आमा ब्रुनाईबाट आएपछि’ भन्ने कविता वाचन गरेर सुनाए ।

आज धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा मेयर राईले स्व. कवि गुरुङको कविता वाचन गरेर सुनाएका हुन् । मेयर राईले आफ्नो समकालिन साथी विमल गुरुङ र कविताको बारेमा प्रशंसा समेत गरे । ‘राज्यले गर्न नसकेको काम हो भन्छु म, हामी कुन कुन समयमा ? को को लाई के के लाग्यो ? हामी गएर जोड्यौ त्यहाँ, समितिमा बस्यौ पनि हामि त्यहाँ, तर, त्यो भावना नबुझेर होला, त्यो पुस्तकालयमा धेरै मान्छे अडिन सक्नु भाछैन, भावना बुझ्नुपर्छ भन्छु म, आए फलैँचामा बसे जस्तो साथिहरु केही वर्ष बसे गइदिए, पुस्तकालयलाई फरक ढंगबाट चलाउनु पर्छ की भन्ने लाग्छ मलाई, त्यो पनि म अपेक्षा गर्न चाहान्छु’ उनले भने ।

धरान कला, साहित्य, रङ्गकर्म र खेलकुदमा अत्यन्तै अग्रनी भूमिका निर्वाह गरेको ठाउँ रहेको उनले बताए । मेयर राईले धरान प्रज्ञा प्रतिष्ठानलाई फलाउने फुलाउने प्रक्रियामा अगाडी बढिरहेको बताए । प्रज्ञा प्रतिष्ठानको क्रियासिलताले धरानमा थप राम्रो गतिविधिहरु गर्दै जानेमा आफूले विश्वास लिएको उनको भनाई थियो । फरक धारमा, फरक हिसाबमा, जुन पहिचानको मुद्दा बोकीरहेको छ, यसलाई पनि आत्मसाथ गरेर कला, साहित्यलाई भाषासँग जोडेर, पहिचानसँग जोडेर बहुभाषिक कविता गोष्ठी भएको भन्दै मेयर राईले प्रशंसा समेत गरे ।

बहुभाषिक कविता गोष्ठी सम्पन्न

bahuvasik1

आदिबासीहरुको संस्कार, संस्कृति र भाषा संरक्षण गर्ने उद्देश्यले धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको छ । धरान ८ स्थित प्रतिष्ठानको सभाहलमा बुधबार धरान उपमहानगरका मेयर तिलक राईको प्रमुख आतिथ्यतामा बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको हो । कविता गोष्ठीमा २४ जना प्रतियोगिहरुले सहभागिता जनाएका थिए । २४ जना प्रतियोगिहरु मध्येबाट १० जना प्रतियोगिलाई छनौट गरिएको थियो । उनीहरुलाई प्रति व्यक्ति नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कविता गोष्ठीमा चाम्लिङ, बान्तवा, लिम्बु, अम्बुले, याख्खा, नेवा, मैथिलि, मेवाहाङ लगायत भाषामा कविता वाचन गरेका थिए । धरान प्रज्ञा प्रतिष्ठानले बहुभाषिक कविता गोष्ठी कार्यक्रम आयोजना गरेको छ । धरान ८ सभागृहमा आयोजना गरिएको कार्यक्रममा २४ जना कविहरु सहभागी भएका थिए । कविता गोष्ठीको सहजीकरण भने मुन्धुमी कवि तथा साहित्यकार प्रदिप मेन्याङ्वो, प्रा.डा. टंक प्रसाद न्यौपाने र बरिष्ठ कवि बम देवानले गरेका थिए । उपप्रमुख मञ्जु भण्डारी सुवेदीसहित धरानका वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भोलानाथ पोख्रेलको सभापतित्वमा भएको थियो भने कार्यक्रम शुभचन्द्र राईले सञ्चालन गरेका थिए ।