धरान: युवा कलाकारहरुले स्थापना गरेको रंगभुमी एकेडेमीले धरानको चोकहरुमा मौन नाटक प्रतिगमन मञ्चन गर्न शुरु गरेको छ ।

पुष ५ गते प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गरिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई समेटेर रंगभुमीले नाटक प्रतिगमन मञ्चन गर्न थालेको हो । नाटकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनतर्फ अघि बढेको भन्दै त्यसविरुद्ध सडक नाटक तयार गरेको हो । रंगभुमीका अध्यक्ष विष्णु मोतmानद्धारा लिखित तथा निर्देशित नाटक करिव १५ मिनेटको मात्र रहेको छ । नाटक अवधिभर पात्रहरु बोल्दैनन् । कुनै संवाद विना नै नाटकले वर्तमान राजनीतिक परिस्थितिबारे दर्शकलाई प्रष्ट्याउछन् ।

IMG_2226.psd

दिग्गज नाट्यकर्मी तथा कलाकारहरु भएपनि अग्रजहरु मुक दर्शक बनेपछि आफै जुर्मुराएको निर्देशक तथा कलाकार विष्णु मोक्तानले बताए । हजारौंले ज्यान दिएर नेपाली जनताले प्राप्त गरेको उपलव्धि जोखिममा पर्दा मुक दर्शक भएर बस्न नसकिएको उनको भनाई छ । ‘यो बेला चुप लागेर बस्नु भनेको प्रतिगमनलाई समर्थन गर्नु हो, त्यहि भएर सडक नाटक प्रतिगमन लिएर प्रतिगमन विरुद्ध मैदानमा उत्रिएका छौं,’ मोक्तानले भने ।

अहिलेको राजनीतिक परिस्थितिले फेरि राजा पो ब्युतने हो कि भन्ने आशंका जन्मिएको भन्दै मोक्तान व्यवस्था नै परिवर्तन होला कि भन्ने संसय उत्पन्न भएकोले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्नलाई नाट्यकर्मीहरु सडकमा उत्रिएको बताउँछन् । ‘कलाकारहरु मनोरञ्चनात्मक मात्र हुदैन, नवीन युगको ढोका ढकढकाउने, युग परिवर्तनको संवाहक शक्तिकोरुपमा पनि जोडिनुपर्छ भन्ने हो,’मोक्तानले भने,‘ पुष ५ गतेको घटना देख्दा सामान्य होला भन्ने । दलहरुको स्वार्थ आआफ्नो होला, तर नागरिकहरुले पनि आवाज उठाउनुपर्छ भन्ने हो ।’

700

तीन दिनमा तयार पारिएको नाटक शुक्रवार धरान १७ रेल्वे चौकबाट सुरु गरिएको थियो । दिउँसो मंगलवारे चोकमा पनि मञ्चन गरिएको थियो । नाटक धरानको विभिन्न चोकमा मञ्चन गरिने रंगभुमीले जनाएको छ । आज शनिवार धरान १६ स्थित गणेशमान चौक, धरान १८ रत्न चोक र धरान १५ पिण्डेश्वरी चौकमा मञ्चन हुनेछ । अन्तिम मञ्चन भने फागुन २ गते भानुचोकको लोकतान्त्रिक चौतारी भएसँगै समापन गरिने मोक्तानले बताए । नाटकमा निर्देशक मोक्तानसहित करिष्मा क्षेत्री, गोमा पौडेल, मिलन चाम्लिङ, कृति लिम्वु, निश्चल कुलुङ, मिलन भुजेल, अभिषेक खतिवडा, महेश राई, सुष्मा राई र हरि इभाहाङको अभिनय रहेको छ । तस्विरः विकास चाम्लिङ राई

20210212_163319.psd 700