धरान: सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद विघटन वदर गरेको छ ।
प्रधानन्यायाधिशसहितको इजलाशले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले गरेको संसद विघटनलाई वदर गर्ने फैसला गरेको हो । योसँगै संसद पुर्नस्थापना भएको छ । प्रधानमन्त्रीको सिफारिशमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् भने बैशाख १७ र २७ गते चुनाव घोषणा गरेकी थिइन् ।
प्रधानन्यायाधीश जबराले निर्णय वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए । साथै, १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन पनि आदेश दिएको छ । योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित