धरान: नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघ धरान उप(महानगरपालिकाको कार्यसमिति संयोजकमा युवा दिपचन्द्र राई चयन भएका छन् ।

धरानको वडा नं २ निवासी राई बिहिबार संघको संयोजकमा चयन भएका हुन् । लामो समयसम्म निष्क्रिय रहेको साथै नयाँ संरचना अनुसार समायोजन हुन बाँकी रहेको कार्यसमितिलाई आवश्यकता अनुसार पुनर्गठन गर्ने केन्द्रीय समितिले परिपत्र गरेको थियो । सोही अनुसार संघको सुनसरी जिल्ला समितिको बैठकले राईलाई धरानको संयोजकको जिम्मेवारी दिएको हो ।

संघको धरान कार्यसमिति पनि लामो समयदेखि निष्क्रिय रहेको र सक्रिय बनाउन खोज्दा पनि बेवास्ता गरिएको कारण बध्य भएर पुरानो कार्यसमितिलाई विघठन गरि दिपचन्द्र राईलाई संयोजकको जिम्मेवारी दिइएको जिल्ला अध्यक्ष गोपाल राई(कालुराम)ले बतँए । उनका अनुसार अब एक महिनाभित्र सम्पुर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरु चयन गरेर जिल्ला कार्यसमितिमा जानकारी गराउनु पर्ने निर्देशनसहित राईलाई जिम्मेवारी दिईएको छ ।

dip

नेपाल आदिवासी जनजाती संघ प्रदेश नम्बर १ का संयोजक नन्दराज राईले शुभकामना व्यक्त गर्दै संयोजक राईले समितिलाई चुस्त दुरुस्त बनाएर लैजने पुर्ण बिश्वास रहेको बताए । संघको धरान संयोजकमा चयन भएका राई धरानमा विभिन्न संघसंस्थामा आवद्ध भई क्रियाशिल युवा हुन् । उनी सफेद चरण वाइट फेस सामाजिक बहिष्कारको बिरुद मानव अधिकारको संरक्षणको वरिष्ठ सल्लाहकार, धराने हाईकर्स धरानका संस्थापक सह सचिब तथा किराँत राई यायोक्खा प्रा.का.स.धरान २,३ र ७ न.वडा समितिको अध्यक्ष समेत रहेर काम गरि सकेका छन्।