सुनसरी: इटहरी उपमहानगरपालिकाको आठौ नगरसभा शुरु भएको छ ।

सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक बजेट(आयब्यय) अनुमान प्रस्तुत गरेकी छिन् । यसैगरि, सभामा उपमेयर गौतमले विभिन्न विधेयकहरु पनि प्रस्तुत गरेकी छिन् । सभामा उपप्रमुख गौतमले विनियोजन ऐन विधेयक, आर्थिक ऐन संशोधन विधेयक, विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्र्ने सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक, इटहरी भू उपयोग तथा जग्गा ब्यवस्थापन गर्न बनेको विधेयक र टोल विकास संस्था संचालन तथा ब्यवस्थापन गर्न बनेको विधेयक २०७७ पेश गरेकी छिन् ।

सभालाई सम्वोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौधरीले कोभिड १९का कारण पुरक बजेट ल्याउन वाध्य हुनु परेको बताए । उनले सातौ नगरसभाले स्वीकृत गरेको बजेट, नीति तथा कार्यक्रमलाई कार्यावन्यन गर्ने क्रममा कोभिड १९ का कारण राजश्वमा परेको प्रभावले स्वीकृत योजना तथा कार्यक्रमहरुमा प्रभाव परेको जानकारी दिए । नगरसभाको अर्को वैठक फागुन २५ गते बस्ने गरि स्थगित भएको छ ।