धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ ।

नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको भेलाले शेखर ढकाल संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो । जिल्ला भेलाको निर्णय अनुसार फागुन ९ गतेको बैठकले जिल्ला कमिटी ३१ सदस्यीय विस्तार गरिएको संगठनले जनाएको छ ।

संगठनले विज्ञप्तीमार्फत जनाए अनुसार समितिमा केदार बस्नेत, दामोदार गुँरागाई, नवराज विष्ट, सञ्जु राई, रोशन दाहाल, प्रकाश तिम्सिना, वसन्त राई, विष्णु चौलागाई, डम्बर कार्की, विकल पौडेल रहेका छ्रन् । यस्तै, लक्ष्मी प्रसाद पराजुली, चिलोचन पौडेल, कृष्ण भट्टरालाई वहाव, विमला घिमिरे, प्रदिप चौधरी, रमेश राई, विजय राई, शैलेन्द्र चौधरी, जीवन विष्ट रहेका छन् ।