धरान: प्रहरीले सप्तरीबाट गए राती ३ जना विप्लव समुहका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सप्तरीका जनसत्ता प्रमुख रहेको पनि प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीका जनसत्ता प्रमुख आदर्श उपनाममा ५२ बर्षीय रामनाथ मण्डल, उदय उपनामका सिरहा जिल्ला सदस्य उदयनाथ मण्डल र सिरहाका जिल्ला सदस्य २५ बर्षीय रामकृष्ण मण्डल पक्राउ परेका हुन् । उनीहरुलाई हिजो राती ९ बजेर ५० मिनेटमा पक्राउ गरेको सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनीहरुले केही समय यता विभिन्न व्यवसायी, कार्यालय प्रमुख र जनप्रतिनिधिहरुसँग चन्दा माग्ने, धाकधम्की दिने गरेको सुचना प्रहरीले पाएको थियो । उनीहरुको बारेमा अनुसन्धान गर्दा नकेपा विप्लव समुहको सिरहा र सप्तरीको जिल्लास्तरको नेताहरु भएको खुलेको पनि डिएसपी साहले जानकारी दिए ।प्रहरीले उनीहरुको साथबाट चन्दा माग गर्न र धम्की दिन प्रयोग गर्ने सिमसहितको मोवाइल गरि ४ थान, आर्थिक सहयोग माग गर्ने पत्र, पर्चाहरु र पुस्तकहरु पनि वरामद गरेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको पनि प्रहरीको भनाई छ ।Untitled-2