धरान: तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि धरानमा पनि समायोजन भएको छ ।

आइतबार भएको समायोजनबाट पुनः ताजुव लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय जनता समाजवादी पार्टी(जसपा)को धरान उपमहानगर कमिटी गठन भएको छ । समायोजन पछि साबिकको संरचनामा फेरबदल पनि भएको छ । यसअघि सचिव रहेका हेमराज जिमी उपाध्यक्ष भएका छन् भने प्रेमराज शाक्य र विना पुमा राई उपाध्यक्ष छन् । यसअघि उपाध्यक्ष रहेका कृष्ण राई जिल्ला सदस्यमा मनोनित भएको पार्टीले जनाएको छ । पार्टीको सचिवमा शम्भु राई र सहसचिवमा ३ जना सुमन चेम्जोङ, सीता राई, कमला सुब्बा रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा लक्ष्मी राई यथावत छन्। अन्य सदस्यहरु रहेका छन् । जसपाका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा धरान ७ स्थित पार्टी कार्यालयमा कार्यक्रम भएको थियो । नेता राईले समायोजन भएको संरचनामा खस आर्य समुदायको पनि प्रतिनिधित्व हुनुपर्ने धारणा राख्दै पार्टीलाई समावेशी बनाउनुपर्ने बताए । जातिबादी पार्टी भनेर लान्छना लगाउनेहरु नै जातिय पार्टी भएको भन्दै जनता समाजवादी समता पार्टी भएको पनि उनले दाबी गरे। सर्वोच्च अदालतको फैसलाले केपी ओली तानाशाह हुनबाट रोकेको राईले दाबी गरे।