धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ ।

संगठनको सोमबार बैठकले समिति विस्तारसँगै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।बैठकले पत्रकारहरूको क्षमता वृद्धिको लागि तालिम गर्ने निर्णयसमेत गरेको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको जिल्ला समिति बैठक एवं भेलाले जिल्ला कमिटीमा इटहरीबाट रेवती निरौला, सीमा बस्नेत र मित्र क्षेत्रीलाई मनोनित गरेको जिल्ला संयोजक शेखर ढकालले जानकारी दिए ।

यस्तै, धरानबाट बेदकुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ र विकी श्रेष्ठलाई मनोनित गरिएको संयोजक ढकालले जानकारी दिए । यसअघि धरानमा भएको संगठनको जिल्ला भेलाले ढकाललाई संयोजकमा चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो ।

नगर कमिटि विस्तार, जिम्मेवारी बाँडफाँट

संगठनको भेलाले धरान, इटहरी र बराहक्षेत्र नगर कमिटी समेत विस्तार गरेको छ । नगर कमिटिको इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोकेको हो । धरान उपमहानगर कमिटी संयोजकमा केदार बस्नेत, सह–संयोजकमा बसन्त वान्तावा राईलाई जिम्मेवारी दिइएको छ भने धरान इन्चार्जमा दामोदर गुरागाई र सह–इन्चार्जमा रोशन दाहाललाई जिम्मेवारी दिइएको जिल्लाका सहसंयोजक दिनेश गजमेरले जानकारी दिए ।

यसैगरि, इटहरी उपमहानगर कमिटीको संयोजकमा त्रिलोचन पौडेल र सह–संयोजकमा रेवती निरौला चयन भएका छन् । त्यस्तै, इन्चार्जमा शुभद्रा प्याकुरेललाई जिम्मेवारी दिइएको छ । बराहक्षेत्र नगर कमिटीको संयोजकमा बिमला घिमिरे र सह–संयोजकमा प्रदीप चौधरीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै। इन्चार्जमा विजय राई र सह–इन्चार्जमा कृष्ण भट्टराईलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

सोही बैठकले प्रेस संगठन नेपालको धरान उपमहानगर कमिटीलाई पनि विस्तार गरेको छ । धरानको कमिटीलाई विस्तार गरेर १९ सदस्यीय बनाइएको हो । कमिटिको सदस्यहरुमा दिपक लिम्बू, मौसमी कार्की, कमान सिंह याम्फु, अनिता क्षेत्री बृद्धशिला मगर, निलेश बिष्ट, अनिस बस्नेत, कमल बिष्ट, लक्ष्मी कार्की, प्रविण राई, स्नेहा श्रेष्ठ, उत्तम श्रेष्ठ र सन्देश तिमल्सिना रहेका छन् ।