विराटनगरः भोली(बिहिबार) बस्ने तय भएको प्रदेश १ को संसद बैठक चैत २ गतेका लागि सरेको छ ।

गत फागुन ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको थियो । फागुन २० गते बस्ने बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको थियो । तर, सबै दलको सहमती भएको भन्दै बैठक सारिएको संसद सचिवालयलकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन् ।

प्रदेश १ मा बहुमत रहेको नेकपासँग ६७ सांसद रहेका छन् । असन्तुष्ट ३७ सांसदले गत पुस १२ गते संसद सचिवालयमा अविश्वासको प्रश्ताव दर्ता गरेका थिए । दर्ता गर्नेमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइ मुख्यमन्त्रीलाई समर्थन गरिसकेका छन् ।

प्रचण्ड नेपाल पक्षधरले भने सरकारले संसदमा फेस गर्न नसकेर बैठक लम्ब्याइरहेको प्रतिक्रिया दिएका छन् । त्यस्तै मुख्य विपक्षी दल नेपाली काँग्रेसले भने छलफलपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।