धरान: यही फागुन २८ र २९ गते धरानमा दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ आयोजना हुने भएको छ । 

धरान वडा नं १३ को आयोजनामा लक्ष्मी चोकस्थित धरान बैक्वेटमा महोत्सव हुने आयोजकले जानकारी दिएको छ । बुधबार बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको मुल आयोजक समितिले महोत्सवबारे औपचारिक जानकारी गराएको थियो । महोत्सव मुल आयोजक समितिको संयोजकमा वरिष्ठ साहित्यकार वम देवान रहेका छन् । देवानको संयोजकत्वमा १७ सदस्यीय मुल आयोजक समिति बनेको छ । 

आयोजकका अनुसार पहिलो दिन उद्घाटनको अवसरमा भानुचोकबाट कार्यक्रमस्थलसम्म झाँकीसहित र्याली हुनेछ । महोत्सवमा नेपालका साहित्यकारहरुसँगै भारतको सिक्किम, सिलगुडी, आसमलगायत विभिन्न स्थानबाट नेपालीमुलका भारतीय साहित्यकारहरुको पनि सहभागिता रहने संयोजक देवानले जानकारी दिए । महोत्सवको तयारी पुरा भइसकेको आयोजक मुल समितिले जनाएको छ । महोत्सवमा नेपाल र भारतका गरि डेढ सय बढी साहित्यकारहरु सहभागी हुने पनि आयोजकको भनाई छ ।

महोत्सवमा डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्ततु गर्नेछन् भने विभिन्न क्षेत्रबाट आएका कविहरुको कविता वाचन पनि हुनेछ । यस्तै, नेपालीमुलका भारतीय नागरिकहरुले नेपाली साहित्यमा पुर्याएको योगदानबारे पनि छलफल, विमर्श कार्यक्रम हुनेछ भने कविता गोष्ठी र साँस्कृतिक कार्यक्रम पनि पहिलो दिन हुने आयोजक समितिका सदस्य सचिव विष्णु चौलागाईले जानकारी दिए । यस्तै, दोस्रो दिन श्रष्टाहरुलाई धामिर्क पर्यटकीयस्थलहरुको अवलोकन गराउने, गजल वाचन, नाटक मञ्चनलगायतको कार्यक्रमहरु हुने उनले बताए ।  यो कार्यक्रमले धरान नगर तथा नगरको साहित्य, कला र सँस्कृतिको पहिचानलाई देशभित्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियानको थालनी हुने वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले बताए । 

sahiy

sahit