इटहरीः इटहरीका निजी कलेजका आन्दोलनरत विद्यार्थी र नगर प्रमुख द्धारिकलाल चौधरीबीच वार्ता शुरु भएको छ । 

कलेज प्रशासनले कोरोनाको समयको पनि शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलन छन् । उनीहरुले आज राजमार्ग समेत अवरुद्ध गरेका थिए । मेयर चौधरीको कार्यकक्षमा भएको वार्तामा मेयरसहित इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, विद्यार्थी संगठनका प्रतिनिधि, कजेल संचालकका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थीको तर्फबाट केही सहभागी भएको वार्तामा सहभागी विद्यार्थी नेता बिक्रम घिमिरेले जानकारी दिए । 

उनका अनुसा १२ बजेदेखि जार वार्ता अझै सकिएको छैन । आन्दोलनरत विद्यार्थीले भने कलेज प्रशासनले जबरजस्त तिर्न लगाएको ६ महिना अवधिको शुल्क कुनै पनि हालतमा नतिर्ने अडान लिइरहेका छन् । इटहरी नगर शिक्षा समितिका तर्फबाट नगरपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका शाखा प्रमुख सुर्य प्रसाद सुवेदीले मंसिरमै नगरले निर्णय गरिसकेको शुल्क निर्धारणको विषयमा प्लस टू संचालकले जानकारी नभएको बताएको हुँदा यस बारे आवश्यक सुचना सम्प्रेषण गर्ने जानकारी दिएका छन् । 

उनले उपमेयरको संयोजकत्वमा बनेको एक समितिले इटहरी भित्रका निजी शैक्षिक सँस्थाले कति फि निर्धाण गर्ने भन्ने बारे सार्वजनिक गरेको थियो भने कोरोना अवधिको शुल्क लिन नपाइने समेत निर्णय गरिसकेको छ । तर, निजि कलेजले भने यस बारे कुनै जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै आएका छन् ।