धरान: धरान उपमहानगरका मेयर तिलक राईले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मेयर राईले आज एक सन्देशमार्फत शुभकामना व्यक्त गरेका हुन् । उनले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन् । साथै, प्रमुख राईले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह पनि गरेका छन् ।
“पुनः कोरोना भाइरसका संक्रमण बढीरहेको अवस्था छ । भीडभाड गरेर फागु मनाउँदा वा जमघट गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्ने सम्भावना रहेकोले सम्पूर्ण नगरबासीलाई स्वास्थ्य सचेतना अपनाउन पनि आग्रह गर्दछु,” मेयर राईद्वारा शुभकामना सन्देशमा उल्लेख छ ।