धरान: बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार प्रमोद पोर्तेलको गीत माया हो..को म्युजिक भिडियो रिलिज गरिएको छ । 

गीतकारसमेत रहेका गायक पोर्तेलको दोस्रो एल्वम माया हो..मा समावेश भएको यो गीतको म्युजिक भिडियो धरानमा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । गायक पोर्तेलकै अफिसिएल​ युट्युब च्यानलबाट म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको थियो । वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । वरिष्ठ गायक श्रेष्ठले प​छिल्लो स​म​य​ सुग​म​ संगीत​मा यसखालको गीत नआएको भन्दै गाय​क पोर्तेललाई शुभ​काम​ना दिएका थिए । 

maya2

कार्यक्रममा बिशेष अतिथिमा गायक एवं संगीतकार शिव लामिछाने, चर्चित गायक गंगा बरदान, विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गायक रोहित मास्के, गायक म​नोज​ मोते, गायक डिल्ली फोम्बो, गीत​कार​ भानु थापा मगर, ब​राह​ ग्रुप​का पीआर​ओ सुरेन्द्र​ संङ विश्व​कर्मालगायतको उपस्थिति रहेको थियो । 

गीतमा पोर्तेलकै शब्द र संगीत रहेको छ भने हिना मल्ल बराइलीले फिमेल भोकलमा साथ दिएकी छिन् । गीतमा माया गर्ने प्रेमिल जोडीहरु टाढा भएर बसेको बेला एकअर्काको भावना कस्तो हुन्छ भन्ने भाव व्यक्त गरिएको छ । उक्त भावलाई निर्देशक सुल्तान ईधिङ्गोले प्रस्तुत गरेका छन् । छ​याङ्कन​ आभास​ जंङ्ग माझी र आद​म​ लिम्बुले ग​रेका छन् ।

maya2 1

सुल्तान​ फिल्म पोड्क्सन​को संचाल​क स​मेत​ र​हेका निर्देशक ईधिङ्गो हाल​ युकेमा र​हेर​ फिल्म अध्ययन गरिरहेका छन् भने नेपाली फिल्म, म्युजिक भिडियो निर्माण​मा ​ब्य​स्त​ छन् । गीतको म्युजिक एरेन्ज डानिएल गदालले ग​रेका छन् । अडियो मिक्सिङ रविन छेत्री, म्युजिक प्रोडक्सन जुदाह प्लाउज स्टुडियोले गरेको छ । गीत​को भ्वाईस​ टेक अपार रेकर्डस धरानमा गरिएको हो ।