धरान: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा एमालेका सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छ्न् ।

एमाले सांसद भीम आचार्यसहित अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समुहका १६ जना सासदहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका हुन् । तीन दिन अघि एमाले प्रदेश सभा संसदीय दलको बैठकले आविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वाससको प्रस्ताव स्वतः खारेज हुने भएको छ । अब अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा माओवादी केन्द्रका १५ जना सांसदहरुको मात्र हस्ताक्षर रहेको छ । माओवादी केन्द्रका सांसद टंक आंबुहांग नेकपा एमाले प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेकपा एमाले एक्लैको बहुमत रहेको छ । 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँउताइदिनुअघि नेकपा हुँदा नै प्रचण्ड र माधव नेपाल समुहका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा मुख्यमन्त्रीकोरुपमा भीम आचार्यलाई अघि सारिएको थियो । प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता भएको अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिनेमा आचार्यसमेत छन् ।  


received_1946840362148799