धरान: मजदुरमाथि कुटपिट भएपछि छुटाउन गएका नेकपा माओवादी केन्द्र, धरानका सचिव सुर्दशन श्रेष्ठमाथि पनि आक्रमण भएको छ । 

आक्रमणबाट सचिव श्रेष्ठ र दुई जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न दुई युवा पक्राउ परेका छन् भने अन्य फरार रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिहिबार राती करिब साढे ९ बजेरित धरान ११ सिर्जना मार्गमा निर्माण भइरहेको स्वास्थ्य चौकीमा कार्यरत मजदुरद्धय पचु उराब र आच्छे लाल उरावलाई कुटपिट भइरहेको थियो । उनीहरुलाई छुटाएर घर पुगेका श्रेष्ठलाई ती युवाहरुले घरमा नै पुगेर सचिव श्रेष्ठमाथि नै आक्रमण गरेका हुन् । मजदुरलाई कुटपिट भइरहेको स्थल श्रेष्ठको घर नजिकै पर्छ ।

आक्रमणबाट सचिव श्रेष्ठको आँखाको डिलमा गहिरो चोट लागेको छ । प्रहरीले धरान ११ का सुजन तामाङ र प्रदीप तामाङलाई पक्राउ गरेको जनाएको छ । अन्य केही युवाहरु फरार छन् । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारमा लगिएको थियो । sudarsan-att 1