ईटहरी: केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण भएको छ ।

एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संग्रहको लोकार्पण गरेका थिए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा संग्रहका विषयमा आर.सी. थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्द प्रसाद भट्टराई लगायतले चर्चा गरेका थिए ।

शुभकामना मनतब्यका क्रममा प्रदेश प्रमुख अधिकारी प्यासीले साहित्य मानव जीवनको सवैभन्दा सुन्दर पक्ष भएकोले साहित्य लोकोपकारको पक्षमा हुनुपर्ने धारणा राखे । उनले साहित्य देश, समाज, धर्म, परम्परा, रितीरिवाज, मनोविज्ञानसँग जोडिने उल्लेख गर्दै समाजभन्दा टाढा रहन नसक्ने र यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तन तर्फ मुखरित हुनुपर्ने बताए ।

कथा संग्रहमा सामाजिक, राजनैतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाइ प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सभाका सदस्य सर्वध्वज सावा सहित पूर्वका विभिन्न ठाउँका साहित्यकारहरुको सहभागिता रहेको थियो ।