धरान: चलचित्र पत्रकार संघ सुनसरीको आयोजनामा चलचित्र पत्रकारिता कार्याशाला शुरु भएको छ । 

भेडेटार भिलेज रिसोटमा आज सोमबारदेखि तीन दिने आवासिय तालिम शुरु भएको हो । चलचित्र पत्रकारिता र यसको अवस्था, आधरभूत पत्रकारिता, मिडिया कानून, अन्तरवार्ता र पापराजी, अनलाईन पत्रकारिता र विज्ञापनको बजार, स्टोरी लेखन, फिल्म समिक्षा, पत्रकार आचार संहितालगायत बिषयमा तालिम दिइने आयोजक संघका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए । सरकारले तोकेको मापदण्ड अनुसार २० जना प्रशिक्षार्थीहरुको सहभागितामा तालिम आयोजना गरिएको पनि उनले जानकारी दिए । 

chalchitra1

प्रदेश एकमा पहिलो पटक संचालन भएको तालिममा सहजकर्ताकोरुपमा फिल्म समिक्षक तथा निर्देशक दिपेन्द्र लामा, चलचित्र पत्रकार समिर बलामी, निर्देशक तथा पत्रकार भिषण राई रहेका छन् । तालिमको उद्घाटन सत्रमा विशेष अतिथि होटल यशोशियसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली, संघका उपाध्यक्ष मनोज दाहाल, सहसचिव सरुपा थापा मगर तथा प्रशिक्षकहरुले मन्तव्य व्यक्त गरेका थिए । तालिममा प्रदेश १ का विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरु सहभागी छन् ।