धरान: कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती ११ बजेर ५७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । 

मृतकलाई उच्चरक्तचापको दीर्घरोग रहेको थियो । उनलाई दुई दिनअघि मंगलबार मात्रै कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।