धरान: कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । 

सरकारको निर्णय विपरीत कोभिड महामारीमा पनि धरानले परीक्षा लिने निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो । अन्ततः परीक्षा गर्ने निर्णय गरेको भोलीपल्टै आज धरान उपमहानगरले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटवालले आजदेखि लिने भनिएको कक्षा ५ भन्दा माथिको परीक्षहरु अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको बताए । 

exam