धरान: धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालय परिसरमा वृद्ध तथा बालबालिकाको लागि नवनिर्मित भवनको उद्घाटन भएको छ।

धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भवनको उद्घाटन भएको हो । मेयर राईले वडाबासीहरुले वडाको स्थानीय सरकार भएको महशुस गर्ने गरि काम भएको बताए । उनले वडा र नगरको बिकासको लागि जनताको भावना अनुसार जनप्रतिनिधिले काम गरेको मेयर राईले बताए । उनले भने, 'आगामी दिनमा पनि यसरी नै जनचाहना अनुसार काम गर्नेछौं ।' 

मेयर राईले आगामी दिनमा समेत आफ्नो तर्फबाट वडाको विकासको लागि सबै सहयोग रहने बताए । हाल सुकुम्बासीको फारम भर्ने कार्य पनि कोरोनालाई मध्यनजर गर्दै घर घरमा पुगेर लगत संकलन गर्न मेयर राईको अनुरोध थियो ।

wada-13, 1

वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले उक्त भवन १४ लाख लागतमा तयार भएको जानकारी दिए । उनका अनसार बालमैत्री घोषणाको नगद ५ लाख, सामाजिक बिकासको ४ लाख ८० हजार र ४ लाख २० हजार स्थानीयबासी, समाजसेवीको सहयोगमा निर्माण भएको हो ।

वडा १३ मा आधारभुत स्वास्थ्य चैकी भवन, सभाहल पश्चात् ज्येष्ठ नागरिक र बालबालिकाको लागि समेत भवन निर्माण गरिएको अध्यक्ष काफ्लेले बताए । भविष्यमा पनि वडाको आवश्यकता अनुसारको काम गर्दै जाने उनले बताए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने ब्यक्तिहरुलाई प्रसंशापत्र र मायाको चिनोद्वारा सम्मान गरिएको थियोे । कार्यक्रममा पुर्व वडाअध्यक्ष हरिहरप्यारा श्रेष्ठ, हर्कबहादुर कटुवाल, वडा बाल संजालका अध्यक्ष बिनोद काफ्लेलगायतको पनि उपस्थिति रहेको थियो ।